प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको सडक दुर्घटनामा परि मृत्यु भएको छ । मेयर टेकप्रसाद भण्डारीका अनुसार उपमेयरको घटनास्थलमै मृत्यु भएको हो । उनी आफैले चलाएको गाडी शनिबार बेलुकी ५ बजेतिर दुर्घटना भएको थियो ।
प्युठान प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीका अनुसार उपमेयर गाडीसँगै मुनि च्यापिएको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार उनी गाडीमा एक्लै थिए । स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा शनिबार बेलुकी ५ बजेतिर उपमेयर मगर आफैले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा झन्डै ४०० मिटर मुनि खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको थियो । राना मगर २०७९ को स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए ।
प्रकाशित: १३ असार २०८३ २०:०९ शनिबार



-600x400.jpg)

