२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

घाइते जेनजीलाई रोजगारी दिने मन्त्री लम्सालको ग्यारेन्टी, भने- भोलि नै आएर निर्णय गराउनुस्

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आन्दोलनमा घाइते भएका सबै जेन-जी युवाहरूलाई रोजगारीको ग्यारेन्टी गर्ने घोषणा गरेका छन्।

काठमाडौंको बबरमहलमा स्थापित ‘घाइते जेन-जी नेपाल’ को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लम्सालले घाइते युवाहरूलाई रोजगारी दिने निर्णयमा भोलि नै हस्ताक्षर गर्न आफू तयार रहेको बताए। ‘उहाँहरू सबैलाई रोजगारी दिने ग्यारेन्टी म गर्न चाहन्छु। भोलि नै आएर मबाट हस्ताक्षर गराउन सक्नुहुन्छ,’ उनले भने।

जेनजी आन्दोलनका घाइतेहरूले काठमाडौंको बबरमहलमा ‘घाइते जेन-जी नेपाल’ नाममा आफ्नो केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएका हुन्। सो कार्यालयको उद्घाटन जेनजी आन्दोलनका सहिद श्रीयम चौलागाईंका बुवा गणेश चौलागाईंले गरेका हुन्।

कार्यक्रममा बोल्दै ‘घाइते जेन-जी नेपाल’ का अध्यक्षले ११ महिनाको लामो सङ्घर्षपछि कार्यालय स्थापना गर्न सफल भएको बताए।

मन्त्री लम्सालले घाइतेहरूको संरक्षण, कार्यालय व्यवस्थापन र ४०-५० जना घाइतेहरूलाई रोजगारी उपलब्ध गराउने विषयमा एकै पटकमा सकारात्मक निर्णय गरिदिएको भन्दै उनले मन्त्रीप्रति आभार व्यक्त गरे।

कार्यालय उद्घाटन कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका साथै आन्दोलनका घाइते तथा उनीहरूका परिवारजनको उपस्थिति रहेको थियो।

प्रकाशित: २१ श्रावण २०८३ १८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App