३१ असार २०८३ बुधबार
image/svg+xml
समाज

राप्ती राजमार्गमा फोर्स जीप दुर्घटना हुँदा आठ जना घाइते

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा फोर्स जीप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्। शुक्रबार साँझ दाङको तुल्सीपुरबाट मुसिकोट खलङ्गातर्फ आउँदै गरेको लु २ ख ४९८० नम्बरको सो सवारी साधन अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको र दुर्घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए। रासस

प्रकाशित: १३ असार २०८३ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App