दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रविन्दु भएर शनिबार साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार तीन दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो।
पछिल्लो समय पश्चिम क्षेत्रमा बेला बेला भूकम्प गइरहको छ।
प्रकाशित: ५ पुस २०८२ २१:३७ शनिबार





