१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

रिताक केन्द्रविन्दु भएर भूकम्पको धक्का

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७:३१ बजे चार दशमलव एक (४.१) रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पले के कति असर पुर्‍यायो भन्ने यकिन जानकारी प्राप्त भएको छैन।

यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा भूकम्प जाने गरेको छ।

प्रकाशित: १० फाल्गुन २०८२ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App