१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ वटा सवारी साधनका चालक कारबाहीमा

काठमाडौंको पेप्सीकोला छाप्रो सडक खण्डमा दिउँसो प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन्। 

वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले पेप्सीकोला छाप्रोमा ६० वटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ वटा सवारी साधनका चालकलाई कारबाही गरेको हो।  

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढेर मानव स्वास्थ्यमा गम्भीर समस्या हुने गरेको तथा दुर्घटनाको जोखिमसमेत हुने भन्दै चालकलाई सचेत गराइएको प्रहरुीले जनाएको छ।  

प्रकाशित: १७ चैत्र २०८२ १७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App