धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२० देवपूरा रुपैठामा हिन्दु र मुस्लिमसमुदायबीच विवाद उत्पन्न भएको छ ।
गणेश पूजाको मुर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएपछि ढुंगा हानाहान भएको हो ।
ढुंगा हानाहान भएपछि भएको भागदौडको क्रममा दुई जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाईतको नाम खुलेको छैन ।
धनुषा प्रहरीले स्थिति नियन्त्रणमा लिन एक दर्जन अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले स्थिति नियन्त्रणमा आएको दावी गरेको छ ।
प्रकाशित: १४ भाद्र २०८२ १९:०३ शनिबार




