९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

पानीको सतह घटेपछि विस्थापित घर फर्किंदै

बाढीबाट विस्थापित बेलका नगरपालिकाका बासिन्दा कोशीको पानीको सतह घटेपछि घर फर्किन थालेका छन्।

आइतबार दिउँसोसम्म कोशीको पानीको सतह अत्यधिक बढेपछि बेलका - ८, २ र ३ का १२८ जनालाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार अवस्था सामान्य बन्दै गएपछि बाढीबाट विस्थापित आआफ्नो घर फर्कन थालेका हुन्।

बेलकाको कोशी टप्पु क्षेत्रमा बाढीको खतरामा परेकाहरूलाई आफन्तकहाँ तथा बेलका नगरपालिकाको सिटी हलमा राखिएको थियो।

बेलका नगरपालिकाकी उपप्रमुख जीरा राईले कोशी नदीको सतह घट्न थालेपछि अहिलेका लागि खतरा टरेको र सो क्षेत्रका जनजीवन सामान्य बन्दै गएको बताइन्।

प्रकाशित: २० आश्विन २०८२ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App