सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सदरमुकाम इनरुवामा पनि सोमबार प्रदर्शन भइरहेको छ।
बजार क्षेत्रमा राखिएको प्रहरी बिटमा प्रदर्शनकारी समूहले तोडफोड गरेर क्षति भएको छ।
देवानगञ्जमा भएको हिंसात्मक घटनाविरुद्ध देवानगञ्जसहित आसपासका क्षेत्रमा बिहानैदेखि प्रदर्शन भएकोमा इनरुवामा पनि सुरु भएको हो।
घटनालाई साम्य पार्नका लागि अहिले केही बेरपछि जिल्ला प्रशासन कार्यालय इनरुवामा सर्वदलीय बैठक बस्दै छ।
यसअघिका घटनाका आधारमा यस क्षेत्रमा दुई पक्षीय समूहबिच झडप हुँदा जहिल्यै सुरक्षा चुनौती हुने गरेको छ। सोमबार बिहान ७ बजेदेखि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू आदेश गरेर स्थिति नियन्त्रणमा लिन खोजे पनि अहिलेसम्म सहज हुन सकेको छैन।
प्रकाशित: ११ श्रावण २०८३ १३:१९ सोमबार





