२४ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

इञ्जिनियरको चुनावमा देउवा पक्षीय विजय

नेपाली कांग्रेस निकट सेण्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सीडेन) को चुनावमा कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रवि भुषण झा अध्यक्ष पदमा विजय भएका छन् ।  

उनका प्रतिष्पर्धी धनेन्द्र केसी पराजति भएका छन । केसी कांग्रेसका नेता शेखर कोइराला निकट मानिन्छन । झाले २ हजार २सय ५१ भोट ल्याएका छन भने केसीले १ हजार ५सय ९७ भोट ल्याएका छन ।  

उपाध्यक्ष, महासचिव कोषाध्यक्ष लगायत अन्य पदमा पनि झाकै  टिमका इञ्जिनियर विजयी भएका छन् ।  

महासचिव पदमा पनि देउवा निकट सुदर्शन शर्मा विजय भएका छन । शर्मा नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग पनि निकट मानिन्छन । उनले १ हजार ९सय ३६ भोट ल्याएका छन ।  

यसैगरी उपाध्यक्षमा मदनबाबु पुरी र उपमहासचिवमा खगेन्द्र अवस्थी विजयी भएका छन । कोषाध्यक्षमा सुजित कोइराला विजयी भएका छन । सदस्यहरूमा नानुमाया काफ्ले, आयुषमानि अधिकारी, महेश घिमिरे, ज्ञानेन्द्र त्रिपाठी, अकिंत शर्मा, महेश वस्ती, सचिव न्यौपाने लगायत विजयी भएका छन् ।  

नयाँ नेतृत्व चयन गर्न गत शनिबार सीडेको चुनाव भएको थियो । मतपरिणाम आइबार मात्र सार्वजनिक गरिएको थियो । चुनावमा  ६ हजार ५सय ४७जना मतदाता छन् ।  

नेपाल इञ्जिनियर परिषद्बाट लाइसेन्स लिएका सबै व्यक्ति सीडेनको  सदस्य बन्न सक्ने व्यवस्था गरिएको छ । यस सस्थामा  सरकारी तथा गैर सरकारी क्षेत्रमा आबद्ध व्यक्तिहरू सदस्य छन  

सीडेनको चुनावकोालगि बागमती प्रदेशमा  काठमाडौं र हेटौडा, कोशी प्रदेशमा  वीराटनगर, लुम्बिनी प्रदेशमा लमही र बुटवल, कर्णाली प्रदेशमा सुर्खेत  तथा सुदूर पश्चिम प्रदेशमा धनगढीमा मतदान केन्द्र राखिएको थियो ।

प्रकाशित: १५ भाद्र २०८२ १९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App