१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

‘पब्लिक स्पिच नेपाल’को विजेता जाजरकोटका दिपक

जाजरकोटका १९ वर्षीय दिपक राउत ‘पब्लिक स्पिच नेपाल’ को दोस्रो संस्करणको विजेता बनेका छन्। शनिबार यहाँ आयोजित प्रतियोगिताको अन्तिम चरणको कार्यक्रममा उनी विजयी हुँदै ट्रफीसहित रु ५० हजारबाट पुरस्कृत भए।

बागेश्वरी असल शासन क्लब (बास नेपाल)को आयोजनामा भएको प्रतियोगितामा मेलिशा कार्की द्वितीय भएकी छन् भने दिपक परियार तृतीय भए। उनीहरू क्रमशः रु ३० हजार र रु २० हजारसहित पुरस्कृत भए।

यसैगरी, रु २० हजारसहित उमा कार्कीले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गरिन्। प्रोत्साहन पुरस्कार प्रार्थना अधिकारी र सान्त्वना पुरस्कार तोरिशा भण्डारीले प्राप्त गरिन्।

प्रतियोगीहरूले भ्रष्टाचार नियन्त्रण, बौद्धिक पलायन, अपाङ्गता, समावेशिता र प्राकृति संरक्षणलगायत विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए। प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, ‘मोटिभेसनल स्पिकर’ डा ताराप्रसाद गिरी र वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत रहेको बास नेपालका अध्यक्ष नमस्कार शाहले जानकारी दिए।

प्रकाशित: ५ आश्विन २०८२ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App