२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

नेकपा केन्द्रीय सदस्य विनोद पहाडी एमाले प्रवेश, विष्णु पौडेलले गरे स्वागत

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन्।

उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरीले पार्टीमा स्वागत गरेका छन्। उनी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष हुन्।

एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढडालाई आधार मानेर रोजेको बताए। उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताए। पहाडीले कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको जनाए।

उनीसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम, नगर सदस्य जनक गौतम एमाले प्रवेश गरेका हुन्।

प्रकाशित: १६ फाल्गुन २०८२ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App