रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित एक नहरमा डुबेर १८ वर्षीय युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिकाको गुगौलिया टोल निवासी शेख नौसाद रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको छ भने शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जनाएको छ।
प्रकाशित: ५ श्रावण २०८२ १८:४७ सोमबार





