झापाको कनकाइ नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
कनकाइ नगरपालिका–१ खहरे खोलामा बस्ने ३७ वर्षीय पंकज माझीले बिहान करिब ८:३० बजे बिजुलीको खम्बाबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा ज्यान गुमाए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए। रासस
प्रकाशित: ७ भाद्र २०८२ १३:४३ शनिबार




