२७ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु

धनुषाको जनकनन्दिनी गाउँपालिकामा करेन्ट लागेर आइतबार दिउँसो एक युवकको मृत्यु भएको छ।

विवाहको तयारीका लागि ‘साउण्ड सिस्टम’ को तार जोड्ने क्रममा करेन्ट लाग्दा २५ वर्षीय अरबिन्द साहको ज्यान गएको हो।

जनकनन्दिनी गाउँपालिका-५ उधाटोल बस्ने साह आफ्नै घर नजिकै भइरहेको विवाह समारोहका लागि विद्युतीय तार व्यवस्थापन गर्ने कार्यमा खटिएका थिए। सोही क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।

घाइते साहलाई तत्काल उद्धार गरी उपचारका लागि जनकपुरस्थित धनुषा अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस दुःखद घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।

प्रकाशित: २७ वैशाख २०८३ १७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App