३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपाद्वारा विभागीय प्रमुखहरू मनोनयन: मिलनलाई शिक्षा र प्रभातलाई स्टार्टअप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सांगठनिक संरचनालाई थप सुदृढ बनाउँदै विभिन्न विभागहरूमा नयाँ प्रमुखहरूको मनोनयन गरेको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले शिक्षा, स्टार्टअप र र्‍यापिड एक्सन टिम (आरएटी) मा अनुभवी नेतृत्व चयन गरेको हो।

बैठकले मिलन पाण्डेलाई पार्टीको केन्द्रीय शिक्षा विभाग प्रमुखको जिम्मेवारी सुम्पिएको छ। पाण्डेलाई रास्वपाले शिक्षा क्षेत्रको नीति निर्माण र सुधारका लागि विभागीय नेतृत्व प्रदान गरेको हो।

त्यस्तै, स्टार्टअप विभागको प्रमुखमा डा. प्रभात अधिकारी मनोनयन भएका छन्। मुलुकभित्र उद्यमशीलताको प्रवर्द्धन र नवप्रवर्तनका क्षेत्रमा पार्टीको दृष्टिकोण स्पष्ट पार्न र स्टार्टअपमैत्री वातावरण निर्माणका लागि अधिकारीलाई सो पदमा चयन गरिएको रास्वपाले जनाएको छ।

पार्टीले आकस्मिक कार्यसम्पादन र परिचालनका लागि गठन गरेको ‘र्‍यापिड एक्सन टिम’ (आरएटी) को नेतृत्वमा पनि नयाँ नियुक्ति गरेको छ।

आरएटीको केन्द्रीय विभाग प्रमुखमा मकवानपुरका बैकुण्ठ थापा (आशिष) लाई मनोनयन गरिएको छ। त्यसैगरी, सोही विभागको उपप्रमुखमा सशस्त्र प्रहरी बल (एपीएफ) का पूर्व डीआईजी विदुर खड्कालाई नियुक्त गरिएको छ।

प्रकाशित: २७ वैशाख २०८३ २०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App