१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

बजेट अभावले छोरी शिक्षा बिमा कार्यक्रम स्थगित

<br>

मधेस प्रदेश सरकारले सात वर्ष अघि  ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजना अन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ। मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन गरेको छैन।

शिक्षा विकास निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियंका यादवले बजेट नहुँदा कार्यक्रम स्थगित भएको बताइन्। 

उक्त कार्यक्रममार्फत हालसम्म १४ हजार ४५३ जना छोरीको बिमा गरिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार ६६६, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९/८० मा तीन हजार ३०२ र आव २०८०/८१ मा तीन हजार ७८३ जना छोरीको बिमा गरिएको थियो।

कार्यक्रमअन्तर्गत हालसम्म १० हजार जना छोरीको प्रिमियम तिर्न बाँकी रहेको संयोजक यादवले बताइन्। एक जना छोरीको बिमा गर्दा ३७ हजार ४५७ रुपैयाँ प्रिमियम तिर्नुपर्छ। 

प्रकाशित: १७ आश्विन २०८२ १६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App