अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाभित्रको सम्पूर्ण नतिजा आज घोषणा गरेको छ।
सो क्रममा प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ योगदान गर्ने एक जना ग्राहकलाई १ लाख रुपैयाँ उपहार पाएका छन्। विभागका अनुसार कुपन नम्बर ०४२६१८४७७६२० भएका ती ग्राहक विजेता घोषित भएका हुन्।
प्रत्येक १५–१५ दिनमा सञ्चालन हुनुपर्ने यो प्रोत्साहन कार्यक्रम गत भदौ १० गते गएको विनाशकारी बाढीका कारण १६ गते हुन नसकेपछि यस पटक मासिक रूपमा विजेता सार्वजनिक गरिएको हो।
विभागले आज भदौ महिनाका ३१ जना एक लाख र २ जना बम्पर गरी ३३ जना विजेता घोषणा गरेको हो।

प्रकाशित: १ आश्विन २०८३ १३:३३ बिहीबार





