११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

रौतहटमा कर्फ्यु हट्यो

फाइल तस्बिर

रौतहटको सदरमुकाम गौरमा गत शुक्रबार दिउँसोदेखि लगाइएको कर्फ्यु हटाइएको छ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बिहान ६ बजेदेखि रौतहट सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए। कर्फ्युको समय संशोधन गर्दै सोमबार बिहान ६ बजेबाट कर्फ्यु हटाइएको उनले बताए।

कर्फ्यु हटाइएको समयमा कुनै पनि धार्मिक, जातीय वा सामाजिक एकता भड्काउने कुनै पनि भेला, जुलुस तथा प्रदर्शन नगर्न प्रजिअ भुसालले आग्रह गरेका छन्।

प्रजिअ भुसालले दिउँसो १० बजेपछिको अवस्था विश्लेषणको आधारमा थप निर्णय लिने बताएका छन्।

यसैगरी दुई समुदायबिच विगत चार दिनदेखि जारी द्वन्द्व समाप्तका लागि सद्भाव र्‍याली निकालिने बुझिएको छ।

बिहान ७:३० बजे नागरिक समाजको अगुवाइमा गौर नगरपालिकाको सबगढामा एकता र शान्तिका लागि दुवै समुदायका अगुवाहरू मिलेर सद्भाव र्‍याली निकाल्न लागेको बुझिएको छ।

प्रकाशित: ११ फाल्गुन २०८२ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App