३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

रुपन्देहीमा पनि लाग्यो कर्फ्यू

जेन-जी पुस्ताको आन्दोलनले उग्र रुप लिएपछि रूपन्देहीमा पनि कर्फ्यू आदेश जारी भएको छ ।  

जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सोमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका तथा मुख्य राजमार्ग आसपासका क्षेत्रहरूमा कर्फ्यू आदेश जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयले बुटवल उपमहानगरपालिकाको पूर्वमा बुटवल धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला, तिलोत्तमा नगरपालिकाको दक्षिणमा मङ्गलापुर, सिद्धार्थनगरमा पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्ध चोक र दक्षिणमा मेउडिहवा तथा बुटवल बेलहिया सडक खण्डको १ सय मिटर दायाँबायाँसम्म सीमा तोकेर कर्फ्यु आदेश जारी गरेको हो।

कर्फ्यू जारी गरिएका क्षेत्रमा आवतजावत नगर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउ लगायतका कुनै पनि कार्य नगर्न निर्देशन गरेको छ।

प्रकाशित: २३ भाद्र २०८२ १६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App