जिल्ला प्रशासन कार्यालय ललितपुरले मगंलबारका लागि कर्फ्युको समय निर्धारण गरेको छ।
मंगलबार बिहान ७ देखि मध्यराति १२ बजेसम्मका लागि कर्फ्यु लागु गरिएको छ। ललितपुर महानगरपालिका वडा नम्बर २, ४, ९, १८ र २५ भित्रका चार किल्ला तोकेर कर्फ्यु जारी गरिएको जिल्ला अधिकारीले जानकारी दिएको छ।
ललितपुरको वडा नम्बर ४, १८ र २५ भैंसेपाटी क्षेत्रमा लागु गरिएको छ भने यता भैंसेपाटी, बुंगमती, सिजी हाउजिङ तथा चोभारमा र एकान्तकुनाको विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने ओह्रालो क्षेत्रमा कर्फ्यु लगाइएको छ।
ललितपुरको वडा नम्बर २ सानेपास्थित इन्द्राणि मार्ग आसपासमा पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने भनि कर्फ्यु आदेश जारी गरिएको छ।

प्रकाशित: २४ भाद्र २०८२ ०८:२२ मंगलबार




