प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन्। कार्की शुक्रबार नेपाली सेनाको जंगी अड्डा भद्रकाली पुगेर शिष्टाचार भेट गरेका हुन्।
नेपाल प्रहरीले भेटको तस्बिरसहित लेखेको छ, ‘नेपाली सेना, जंगी अड्डा, भद्रकाली काठमाडौंमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलज्यूसँग शिष्टाचार भेटघाट गर्नुहुँदै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू।’
प्रकाशित: २९ कार्तिक २०८२ १०:०२ शनिबार





