२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

पृथ्वी राजमार्ग पश्चिम खण्डमा ११ पुल निर्माण

पोखरा-मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा-जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन्।

सडक आयोजना कार्यालयका अनुसार म्याग्दे खोला, कुम्ले खोला, ठाडे खोला, सम्धी खोला, मूल खोला, फेदी खोला-१, फेदी खोला-२, रुदी खोला, हलेदी खोला, काली खोला र कास्कीको कोत्रे खोलामा पुल निर्माण भएका हुन्। उक्त खण्डमा १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन्।

हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ। 

करिब ३० किलोमिटर दुईतर्फी (चार लेन) र आठ किलोमिटर एकतर्फी (दुई लेन) कालोपत्र भएको छ।  पूर्वी खण्ड (जामुने-मुग्लिन) को ४३ किलोमिटर सडक निर्माण भने अन्तिम चरणमा पुगेको छ। 

प्रकाशित: १३ मंसिर २०८२ १३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App