कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर २ स्थित गोरुसिंगे– पत्थकरकोट सडक खण्डमा ग्लोबन डेरी उद्योगको दुध बोक्ने लु.प्र.०१–००१ क ०८४५ नम्बरको ट्याङ्कर रूखमा ठोक्किँदा सहचालकको मृत्यु भएको छ।
बुधवार राति साढे १० बजेतिर भएको दुर्घटनामा बुद्धभूमि नगरपालिका – ९ का २६ ब आषिश अधिकारीको मृत्यु भएको हो।
पत्थरकोटबाट गोरुसिंगैतर्फ आउँदै गरेको सो गाडी अनियन्त्रित भई रूखमा ठोक्किँदा रूखमा च्यापिएर घाइते भएका थिए। उपचारका लागि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिकमा लगिएको थियो। थप उपचारका लागि बुटवलको चौराहा अस्पतालमा लगिएकोमा उपचारको क्रममा अधिकारीको मृत्यु भएको ट्राफिक कार्यालयका निरीक्षक राजन ढकालले बताए।
प्रकाशित: १५ आश्विन २०८३ ११:३३ बिहीबार





-600x400.jpg)