७ मंसिर २०८३ सोमबार
image/svg+xml
राजनीति

नेपाल–भारत सम्बन्ध सकारात्मक दिशातर्फ अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावना र सकारात्मक दिशातर्फ अघि बढाएको बताएको छ।

भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक लयमा फर्काउन महत्वपूर्ण भूमिका खेलेको बताए।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबीच आपसी सम्बन्धलाई थप विस्तार गर्दै परिणाममुखी बनाउने विषयमा विस्तृत छलफल भएको उनले बताए।

यस्तै, उनले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विकास सहायता, हवाई रुट, ऊर्जा, पूर्वाधार तथा व्यापारिक सहकार्यका क्षेत्रमा महत्वपूर्ण सहमति भएको जानकारी दिए।

भारतले नेपाललाई भारतीय रुपैयाँ १५ हजार करोड अर्थात् नेपाली रुपैयाँ करिब दुई खर्ब २० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको जानकारी दिँदै उनले नेपाल–भारत सम्बन्धको इतिहासमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग प्याकेज भएको दाबी गरे।

यस्तै, उनले दुई देशबीच हवाई उड्डयनका क्षेत्रमा पनि सकारात्मक प्रगति भएको जानकारी दिँदै नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई रुट दुवैतर्फी बनाउन भारत सहमत भएको बताए।

प्रकाशित: ७ मंसिर २०८३ १९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App