७ मंसिर २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जर्मनीका ४५० बढी विद्यालयमा बम विस्फोटको धम्की

जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल प्राप्त भएका छन्। यद्यपि, तत्काल कुनै सुरक्षा खतरा नरहेको प्रहरीले जनाएको छ।

राजधानी बर्लिनसहित बाडेन–वुर्टेम्बर्ग, थुरिन्जिया, स्याक्सोनी–आनहाल्ट र राइनल्यान्ड–प्यालाटिनेट राज्यका विद्यालयमा धम्कीपूर्ण इमेल पठाइएको थियो।

दक्षिणपश्चिमी राज्य बाडेन–वुर्टेम्बर्गमा मात्रै ४५० भन्दा बढी विद्यालयले यस्ता इमेल प्राप्त गरेका थिए।

प्रहरीका अनुसार इमेलमा विद्यालय भवनभित्र विस्फोटक पदार्थ राखिएको र विस्फोट गराउने धम्की दिइएको थियो।

केही विद्यालयले सावधानीस्वरूप विद्यार्थी तथा कर्मचारीलाई बाहिर निकालेका थिए।

बर्लिन प्रहरीले धम्की प्राप्त विद्यालय वा अन्य कुनै विद्यालयमा तत्काल खतरा रहेको सूचना नभएको जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

पछिल्ला साताहरूमा इटाली, बेलायत, हङ्गेरी र सर्बियाका विद्यालयमा पनि यस्तै नक्कली बम धम्कीका घटना भएका छन्।

ती घटनाबीच आपसी सम्बन्ध रहे–नरहेको भने स्पष्ट भएको छैन।एएफपी

प्रकाशित: ७ मंसिर २०८३ १९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App