५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

मधेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा प्रस्तावित

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि तीन दलले संयुक्त रूपमा दाबी पेस गरेका छन्।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र जनमत पार्टीले कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका हुन्।

बुधबार तीनै दलका नेताहरूले प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि औपचारिक दाबी पत्र बुझाएका हुन्।

दाबी पत्रअनुसार मुख्यमन्त्रीमा प्रस्तावित यादवलाई नेकपा (एमाले) का २३, नेपाली कांग्रेसका २२ र जनमत पार्टीका १३ गरी कुल ५८ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि ५४ सदस्यको बहुमत आवश्यक पर्छ। गठबन्धनसँग स्पष्ट बहुमत रहेको दाबी पत्रमा उल्लेख छ।

प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २२ आश्विन २०८२ १७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App