२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

अज्ञात समूहबाट सिटीसफारी चालकको हत्या

सांकेतिक तस्बिर

अज्ञात समूहद्धारा सुनसरी रामधुनीमा शनिबार साँझ एक सिटी सफारी चालकको हत्या गरेको छ । साँझ ५.५० बजेतिर रामधुनी वडा नं. २ को एकान्त स्थानमा सोही ठाउँका ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

रामधुनी-२ नै घर भएका रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले दिनेशको सिटी सफारीमा कोही चढेको र शंकरपुर नहरमा पुगेपछि तिनै व्यक्तिले हत्या गरेको अनुमान गरिएको बताए ।  

‘दिनेशको सिटी सफारी कोही चढेर आएपछि नहरको एकान्त स्थानमा हत्या गरेको र तत्काल दुइवटा मोटरसाइकलमा व्यक्तिसँग ती व्यक्ति चढेर भागेको स्थानीयले बताएका छन,’ मेयर चौधरीले भने, ‘दिनेशलाई हत्या गर्ने क्रममा आवाज आएको छ ।’ आवाज आएको आधारमा गोली प्रहार गरिएको पनि हुन सक्छ ।  

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेका अनुसार गोली प्रहार गरेको वा अन्य ढंगले हत्या गरेको खुल्न सकेको छैन । ‘प्रहरीलाई खबर हुनासाथ आउँदा दिनेश घोप्टे परेर रगाताम्बे भएर ढलेको अवस्थामा थिए,’ उनले भने, ‘गोली प्रहार हुँदा गोलीको खोका पनि छैन् र चोटपटक हेर्दा त्यस्तो चाँहि देखिदैन् ।’ उनले प्रहरी अहिले अनुसन्धानकै क्रममा रहेकाले गर्दा विस्तृत पछि सार्वजनिक गर्ने बताए ।

प्रकाशित: २५ आश्विन २०८२ २०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App