व्यवसायी शेखर गोल्छालाई नियन्त्रणमा लिने क्रममा सिआईबीका एक प्रहरीले नेपाल रिपब्लिक लिमिटेडका सञ्चालकलाई धम्क्याएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले नियन्त्रणमा लिने क्रममा नारायणचौरस्थित व्यापारी गोल्छा हाउसतिर निगरानी गरिरहेका एक प्रहरीले सञ्चालक रोमनाथ घिमिरेलाई धम्क्याएका हुन् ।
एक रेष्टुरेण्टमा बसिरहेका घिमिरेले गोल्छा पक्राउ परेको फोटो भिडियो खिचेको भन्दै धम्क्याएका हुन् । प्रहरीले व्यापारी गोल्छालाई नक्सालस्थित कार्यालयबाट नियन्त्रण लिएको हो ।
नियन्त्रणमा लिनेका क्रममा भिडियो खिचेका घिमिरेमाथि अपशब्द प्रयोग गर्ने र जे पनि गर्नसक्ने भन्दै धम्की दिएका थिए । उनले मिडियाबाट हो भन्दा पनि अपशब्द प्रयोग गरेर गाली गलौच गरेका थिए ।
‘मैले मिडियाको कार्ड देखाउदा पनि गाली गलौच गर्ने र धम्क्याउने काम भयो, हामीले कुनै अवरोध गरेका थिएनौँ, पक्राउ गरेको भिडियो मात्रै खिच्ने प्रयास भएको थियो’, सञ्चालक घिमिरेले भने ।
यो पनि पढ्नुहोस् ।
शेखर गोल्छा पक्राउ
प्रकाशित: १० वैशाख २०८३ १९:०३ बिहीबार





