११ वैशाख २०८३ शुक्रबार
image/svg+xml
समाज

शेखर गोल्छा पक्राउ

<br>

धितोपत्रसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई पक्राउ गरेको छ।

ब्यूरोले उनलाई काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिएको सीआईबी प्रवक्ता शिव कुमार श्रेष्‍ठले नागरिक न्युजलाई जानकारी दिए।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।

ब्यूरोका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार गोल्छासमेतको मिलेमतोमा ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुर भएको देखिएको छ।

सोही ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि धितोपत्र बोर्डले सीआईबीलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो।

प्रकाशित: १० वैशाख २०८३ १८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App