२८ असार २०८३ आइतबार
image/svg+xml
समाज

‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ भव्य रूपमा सम्पन्न

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ ललितपुरस्थित द प्लाजामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजश्वी शेरचन प्रमुख अतिथिका रूपमा सहभागी थिए। समारोहमा देशभरका उत्कृष्ट संस्थागत तथा सामुदायिक शैक्षिक संस्था तथा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रसँग सम्बन्धित दुई महत्वपूर्ण विषयमा प्यानल डिस्कसन आयोजना गरिएको थियो। पहिलो सत्रमा ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयमा छलफल गर्दै वक्ताहरूले निजी क्षेत्रको योगदानलाई राज्यले सम्मान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। दोस्रो सत्र ‘के नेपाललाई एजुकेसन हब बनाउन सकिन्छ?’ मा केन्द्रित थियो, जहाँ नेपालमा उच्च तथा प्राविधिक शिक्षालाई थप सुदृढ बनाएर विदेशी विद्यार्थी आकर्षित गर्न सकिने सम्भावनाबारे बहस गरिएको थियो।

कार्यक्रमले उत्कृष्ट शैक्षिक संस्थाहरूलाई सम्मान गर्नुका साथै नेपालको शिक्षा नीति, गुणस्तरीय शिक्षा तथा निजी–सार्वजनिक साझेदारीका विषयमा बौद्धिक बहसको वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।

यसैबीच शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका दुई व्यक्तित्वलाई ‘शिक्षा क्षेत्रका लागि प्रोज्ज्वल नक्षत्र २०८३’ सम्मान प्रदान गरिएको छ। सम्मानित हुनेहरूमा सुदूरपश्चिम विश्वविद्यालयका प्रथम संस्थापक उपकुलपति प्रा.डा. जयराज अवस्थी तथा प्रसादी एकेडेमीका प्रमुख विक्रम राई रहेका छन्।

समग्रमा, कार्यक्रमले शिक्षा क्षेत्रमा उत्कृष्टता, नवप्रवर्तन र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा योगदान दिने संस्था तथा व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने महत्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गरेको देखिएको छ।

कुन शैक्षिक संस्थाले कुन पाए अवार्ड ?

१. सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड – काठमाडौं मोडल सेकेन्डरी स्कुल (बागबजार)

२. सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड – ट्रिनिटी इन्टरनेशनल सेकेन्डरी स्कुल

३. सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड – विश्व निकेतन सेकेण्डरी स्कुल

४. बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड – नासा सेकेन्डरी स्कुल

५. बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड – लिभरपुल सेकेण्डरी स्कुल

६. कन्सिस्टेन्ट एकेडेमिक पर्फमेन्स अवार्ड – रिलायन्स इन्टरनेशनल एकेडेमी

७. कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड – सेन्ट लरेन्स सेकेन्डरी स्कुल

८. बेस्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड – मेरील्याण्ड सेकेन्डरी स्कुल

९. आउटस्ट्यान्डिङ पर्फमेन्स अवार्ड – अरनिको आवासीय सेकेन्डरी स्कुल

१०. आउटस्ट्यान्डिङ पर्फमेन्स अवार्ड – मदरल्याण्ड सेकेन्डरी स्कुल

११. बेस्ट इनोभेटिभ टिचिङ प्राक्टिसेस अवार्ड – नेपाल मेगा कलेज

१२. प्रेस्टिजियस प्लस टु अवार्ड – नोबेल एकेडेमी सेकेन्डरी स्कुल

१३. बेस्ट लर्निङ सेन्टर अवार्ड – लिटिल एन्जल्स सेकेन्डरी स्कुल

१४. आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड – भीएस निकेतन सेकेन्डरी स्कुल

१५. डाइनामिक एजुकेसन लिडरसिप अवार्ड – नेपाल काष्ठमण्डप

१६. रिजनल प्रेस्टिज अवार्ड – शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुल

१७. बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड – जेभियर एकेडेमी

१८. इमर्जिङ प्लस टु अवार्ड – युनिग्लोब प्रिमियर स्कुल

‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गर्ने संस्थागत शैक्षिक संस्थाहरु

– एनसीसीएस सेकेन्डरी स्कुल

– समृद्धि सेकेन्डरी स्कुल

– टेक्सास इन्टरनेशनल सेकेन्डरी स्कुल

– मनास्लु वर्ल्ड स्कुल

– किस्ट सेकेन्डरी स्कुल

– मोर्गन सेकेन्डरी स्कुल

– काठमाडौं बन्हार्ट सेकेन्डरी स्कुल

–ब्रिजवाटर सेकेन्डरी स्कुल

–आईएसटी सेकेन्डरी स्कुल

प्रदेशअन्तर्गत सम्मानित हुने उत्कृष्ट सामुदायिक विद्यालयहरू

१.मोहनमाया सेकेण्डरी स्कुल, विर्तामोड, झापा (कोशी प्रदेश)

२.जनता सेकेण्डरी स्कुल, बर्दिबास, महोत्तरी (मधेश प्रदेश)

३. नारायणी मोडेल सेकेण्डरी स्कुल, भरतपुर, चितवन (बागमती प्रदेश)

४. अमर सिंह सेकेण्डरी स्कुल, पोखरा, कास्की (गण्डकी प्रदेश)

५. कालिका मानवज्ञान सेकेण्डरी स्कुल, बुटवल, रुपन्देही (लुम्बिनी प्रदेश)

६. राप्ती ज्ञानोदय सेकेण्डरी स्कुल, सानीभेरी, रुकुम, (कर्णाली प्रदेश)

७. सेटीगाउँ सेकेण्डरी स्कुल, डिलासैनी, बैतडी, (सुदुरपश्चिम प्रदेश)

प्रकाशित: ४ असार २०८३ २०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App