१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सुत्केरी मृत्यु प्रकरण: अस्पताल र आफन्तबीच वार्ताको तयारी

ललितपुरस्थित क्रिष्ट मेडिकल कलेजमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा ढुङ्गामुढा गरेका छन्।

ढुङ्गामुढापछि पुगेका सुरक्षाकर्मी माथि समेत आक्रोशित आफन्तले ढुङ्गामुढा प्रहार गरेपछप प्रहरीले स्थितिलाई नियन्त्रणमा लाठीचार्ज र अश्रुग्यास नै प्रहार गर्नुपर्‍यो।

ललितपुर प्रहरी परिसरका अनुसार खोटाङ स्थायी घर भई हाल ललितपुरको इमाडोलस्थित महालक्ष्मीमा बस्दै आएकी ३२ वर्षीया मीना राईको उपचारको क्रममा मृत्यु भएको थियो। उनलाई कात्तिक ७ गते प्रसूतिको लागि अस्पताल भर्ना गरिएको थियो।

अस्पतालले प्रहरीलाई दिएको जानकारीअनुसार, सामान्य प्रसूतिपछि अत्यधिक रक्तश्रावका कारण राईको मृत्यु भएको हो। तर, मृतकका आफन्तले अस्पतालको लापरबाहीले घटना भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन्।

प्रदर्शन उग्र बन्दै गएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। ललितपुर प्रहरी परिसरका प्रवक्ता तथा एसएसपी चक्रराज जोशीका अनुसार, आक्रोशित भीडले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको हो।

सोमबार दिउँसोसम्म अस्पताल क्षेत्रको स्थिति सामान्य बन्दै गएको छ। प्रहरीले दुवै पक्षलाई राखेर वार्ताको तयारी गरिरहेको एसएसपी जोशीले जानकारी दिए। अस्पताल प्रशासन र पीडित पक्षबीच वार्तामार्फत विवाद समाधान गर्ने प्रयास भइरहेको छ।

प्रकाशित: १० कार्तिक २०८२ १६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App