धनुषाको बटेश्वर गाउँपालिका -५ शान्तिपुर घर भएकी हाल जनकपुरधाम उपमहानगरपालिका-४ डेरा गरी बस्ने आमाछोरीमाथि धारिलो हतियार प्रहार भएको छ ।
सोमबार राती धारिलो हतियारसहित पुगेका व्यक्तिले हतियार प्रहार गर्दा १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको हो ।
घटनामा उनकी आमा ३५ वर्षीय आशा यादव र उनीहरूसँगै बस्ने आशाकी भतिजी राधा यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाले जानकारी दिए ।
खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको बैठाले बताए । घाइते आशा र राधाको उपचार प्रादेशिक अस्पतालमा जनकपुरमा भइरहेको छ ।
प्रकाशित: १३ श्रावण २०८२ ११:१४ मंगलबार





