१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते

कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्व-पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।

बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे १ च ४५१५ नम्बरको मालवाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना ५ ख २१४९ नम्बरको बस एक आपसमा ठोक्किंदा पिक अपमा सवार १८ महिनाका आरुत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको छ भने मालवाहक गाडीका चालक बिर्तामोड नगरपालिका-६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: १ माघ २०८२ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App