१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

बससँग ठोक्किएपछि कार सुनकोशीमा खस्यो

फाइल तस्बिर

सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुर नजिक मध्यपहाडी राजमार्गमा बससँग ठोक्किएपछि एउटा कार सुनकोशी नदीमा खसेको छ।

प्रारम्भिक जानकारीअनुसार कारमा चार जना सवार रहेको अनुमान गरिएको छ। दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धार टोली घटनास्थलतर्फ परिचालित भएका छन्।

फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार दुर्घटनामा परेको कार मध्यपहाडी राजमार्ग निर्माण कार्यमा संलग्न कन्ट्र्याक्टरसहितका व्यक्तिहरू बोकेको थियो। घटनाबारे थप विवरण संकलन भइरहेको र उद्धार कार्य जारी रहेको उनले जानकारी दिए।

दुर्घटनाको कारण र सवारहरूको अवस्था सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ श्रावण २०८३ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App