बलपूर्वक बेपत्ता पारिएका नागरिकको १५ औं अन्तराष्ट्रिय दिवसका अवसरमा विराटनगरको महेन्द्र चोकमा दीप प्रज्वलन गरिएको छ।
इन्सेक, मानवअधिकारका लागि एकल महिला समूहलगायत विभिन्न मानवअधिकारवादी तथा सामाजिक संघ संस्थाहरूले शनिबार साँझ संयुक्त रुपमा दीप प्रज्वलन गरेका हुन् ।
कार्यक्रममा सहभागीले मैनवत्ती बालेर दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा बेपत्ता परिवार तथा द्वन्द्वपीडित परिवारका सदस्य सहभागि थिए ।
प्रकाशित: १४ भाद्र २०८२ २०:४८ शनिबार





