सामाजिक सञ्जालमार्फत व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाउनुको साथै आधारहीन आरोप लगाएर चरित्रहत्या गरेको आरोपमा अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले केसीलाई पक्राउ गरी विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ। ब्युरोका अनुसार अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थपिएको छ।
पछिल्ला केही दिनयता केसीले सामाजिक सञ्जालमार्फत कथा वाचिका राधिका दासीलाई विभिन्न आरोपहरू लगाउँदै आएकी थिइन्। उक्त आरोपहरू प्रमाणविहीन रहेको र आफ्नो चरित्रहत्या गरेको भन्दै राधिका दासीले साइबर ब्युरोमा उजुरी दिएपछि उनी पक्राउमा परेकी हुन्।
प्रकाशित: ७ श्रावण २०८३ १७:१२ बिहीबार



-600x400.jpg)

