सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ।
परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न निर्देशन दिएको हो।
सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको भन्दै हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सावधानीका उपायहरू अपनाउन अनुरोधसमेत गरेको छ।
प्रकाशित: १६ फाल्गुन २०८२ १६:२३ शनिबार





