२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

इन्धन मूल्य घटेसँगै सार्वजनिक यातायात भाडा समायोजन गर्न व्यवसायीको माग

फाइल तस्बिर

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।

नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २० र डिजेल/मट्टितेलमा प्रतिलिटर ३० ले मूल्य घटाएको थियो। त्यसपछि महासङ्घले भाडा समायोजनको माग अघि सारेको हो।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक यातायातको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा निर्धारण तथा समायोजन हुनुपर्ने बताए।

उनले इन्धनको मूल्य बढ्दा भाडा वृद्धि गर्ने निर्णय हुने तर मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सिर्जना गर्ने गरेको उल्लेख गरे।

अध्यक्ष सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभई सवारी सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाटपूर्जा, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई समेत वैज्ञानिक आधारमा मूल्याङ्कन गरिनुपर्ने आवश्यकता छ।

 

 

प्रकाशित: १७ असार २०८३ १६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App