२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

१७ को मृत्यु भएको दुर्घटनाबारे बस सञ्चालक समिति: कर्मचारीसहित ३७ जना सवार थिए

फाइल तस्बिर

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज बिहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौंका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ।

पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग. १ ख १४२१ नं. उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐनबहादुर साईले बताए।

‘पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको छैन’, उनले भने। बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको र २८ जना घाइते भएको जनाइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ। रासस

प्रकाशित: ११ फाल्गुन २०८२ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App