२७ मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

डडेल्धुराबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना, २२ जना घाइते

लमही नगरपालिका–१ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा २२ जना घाइते भएका छन्।

घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी निरीक्षक रोशनराज पाण्डेयको टोलीले उद्धार गरी लमही अस्पताल पठाएको छ। घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको पाण्डेयले जानकारी दिए।

३८ जना सवार रहेको बस आज बिहान करिब ३ बजे दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

प्रकाशित: २५ मंसिर २०८२ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App