२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

चुनावीको र्‍यालीका सहभागी सवार बस दुर्घटना, २९ जना घाईते

रोल्पा सदरमुकाम लिवाङमा आयोजित नेपाली कम्युनिष्ट पाटीको चुनावी र्‍याली र सभामा सहभागी भई फर्कदै गरेको ना ५ ख १२३१ नम्बरको बस सुनिलस्मृति ३ मिझिङ उपल्लो गाउँस्थित पहिलो घुम्तीमा दुर्घटना हुदा २९ जना घाईते भएका छन् ।  

उक्त गाडी बे्रक फेल हुदा अनियन्त्रित भई दुर्घटनामा परेको थियो । घाईतेलाई उद्यार गरि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लगिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । सुनिलस्मृती गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकिका अनुसार २९ जना घाईते भएका छन् । ‘घाईते मध्ये तीन जनालाई रिफर गर्नु पर्ने अबस्थामा छन् ।’  

सुनिलस्मृती गाउँपालिका १ घोडागाउँका वडा अध्यक्ष पबन कुवरका अनुसार दुर्घटना भएको बसमा सवार सबै घोडागाउँका बासिन्दा हुन । उनीहरु नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहालले संबोधन गरेको चुनाबी सभामा भाग लिन सदरमुकाम लिवाङ आएका थिए । 

प्रकाशित: १६ फाल्गुन २०८२ २०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App