२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

काभ्रेमा बस दुर्घटना, २३ जना घाइते (नामसहित)

तस्बिर सौजन्य: कर्म सिंह लामा

रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस शनिबार दिउँसो काभ्रेको भुम्लु गाउँपालिकामा दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मीन बहादुर घलेका अनुसार, रामेछापको दोरम्बाबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४०८ नम्बरको बस भुम्लु गाउँपालिका–८, पौवास्थित भित्री सडक खण्डमा दिउँसो करिब १२:२० बजे ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएको थियो।

डिएसपी घलेका अनुसार बसमा कुल ३२ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएका सबै २३ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। घाइतेहरूमध्ये अधिकांशको अवस्था मध्यम रहेको र केहीलाई सामान्य चोटपटक लागेको छ।

तस्बिर सौजन्य: कर्म सिंह लामा

दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको र चालकलाई प्रहरी चौकी दोलालघाटले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

घाइतेहरूको विवरण:

भिम बहादुर मगर, ४६ वर्ष, रामेछाप (अवस्था मध्यम)

नम्बर सिंह तामाङ, ४४ वर्ष, रामेछाप (अवस्था मध्यम)

फुल माया तामाङ, ४६ वर्ष, रामेछाप (अवस्था मध्यम)

राम बहादुर चापागाई, ३० वर्ष, काभ्रे (अवस्था मध्यम)

मिन बहादुर बि.क., ४५ वर्ष, काभ्रे (अवस्था मध्यम)

भुवन थापा मगर, २८ वर्ष, रामेछाप (सामान्य)

कमल सुनार, ३५ वर्ष, गोरखा (अवस्था मध्यम)

सुवास तामाङ, २६ वर्ष, काभ्रे (अवस्था मध्यम)

निर्मला खत्री, ४४ वर्ष, काभ्रे (सामान्य)

सरोज रसाईली, २१ वर्ष, काभ्रे (सामान्य)

राम गौतम, २६ वर्ष, काभ्रे (अवस्था मध्यम)

सरोज बि.क., २१ वर्ष, काभ्रे (अवस्था मध्यम)

दोर्जे लामा, ७८ वर्ष, काभ्रे (अवस्था मध्यम)

प्रकाश गौतम, १७ वर्ष, काभ्रे (सामान्य)

असलमान तामाङ, ५९ वर्ष, रामेछाप (सामान्य)

सुकलाल लामा, ६४ वर्ष, रामेछाप (अवस्था मध्यम)

शेर बहादुर तामाङ, ४५ वर्ष, रामेछाप (सामान्य)

तारा बहादुर श्रेष्ठ, ४० वर्ष, रामेछाप (सामान्य)

दिव्या थापा मगर, १५ वर्ष, रामेछाप (सामान्य)

चेत बहादुर श्रेष्ठ, ५१ वर्ष, रामेछाप (अवस्था मध्यम)

माईली तामाङ, ५८ वर्ष, काभ्रे (सामान्य)

मैया बुढाथोकी, ६४ वर्ष, काभ्रे (अवस्था मध्यम)

जनक रिजाल, ४१ वर्ष, काभ्रे (अवस्था मध्यम)

प्रकाशित: ३ श्रावण २०८२ १५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App