१५ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

आईजीपी थापालाई प्रश्न: गुन्डा नै मन्त्री भएपछि सल्युट गर्दा कस्तो हुन्छ ?

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू राजनीतिक संरक्षणमा मन्त्री बने पनि प्रहरीले पदको सम्मान गर्दै सल्युट गर्ने तर उनीहरूविरुद्धका पुराना मुद्दाहरू भने नछाड्ने दृढता व्यक्त गरेका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले ‘हिजोको गुण्डा भोलि मन्त्री हुँदा प्रहरीले सल्युट गर्दा कस्तो अनुभूति हुन्छ ?’ भनी सोधेको प्रश्नको जवाफमा आईजीपी थापाले प्रहरीको व्यावसायिक अडान स्पष्ट पारेका हुन्।

उनले प्रहरीले व्यक्तिलाई नभई पदलाई सल्युट गर्ने बताए। ‘हामी सल्युट त गरिहाल्छौँ नि,’ उनले भने, ‘तर मन्त्री नै भएर उता गएपछि पनि, पहिलाका मुद्दा छन् भनेर छोड्ने कुरो भएन।’

उनले विगतमा मुद्दा नभएका व्यक्ति सुध्रिएर राजनीतिमा लाग्न सक्ने तर यदि कसैमाथि फौजदारी अभियोग छ भने पदले त्यसलाई नछेक्ने बताए। ‘मुद्दा छैन भने उहाँ सुध्रिनुभयो, आफ्नो व्यवसाय गर्न पाउनुभयो, पेशा गर्न पाउनुभयो,’ उनले थपे, ‘तर मुद्दा नै रहेछ भने त, उहाँ जेमा भए पनि हामीले त ल्याइराखेकै पनि छौँ।’

 

यो पनि पढ्नुहोस्

आईजीपी थापा भन्छन्: नेपालमा ४/५ थरीका गुण्डा छन्, टोले, फ्याउरे, व्यावसायिक र संरक्षित

 

प्रकाशित: ४ भाद्र २०८२ २०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App