बीपी राजमार्ग विस्तारको काम धमाधम चलिरहेको छ । राजमार्ग अन्तर्गतको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको डालाबेसीमा सडक विस्तारका क्रममा भित्ता काटिँदैछ ।
अहिले जेसिभीको प्रयोगले भित्ता काटेर सडक विस्तारको काम भइरहेको छ । गत असोजमा आएको अविरल वर्षापछिको बाढीले सडक बगाएपछि नदी किसारबाटै सवारी आवतजावत भइरहेका छन् ।
यो काम चाँडै सक्ने गरी निर्माणका कामलाई अघि बढाइएको छ । संघीय तथा प्रदेश सरकारले पनि सडकको अनुगमन तथा निर्माणमा भएको प्रगतिको जाँच गरिरहेको छ ।
प्रकाशित: २४ मंसिर २०८२ १६:१६ बुधबार





