३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

फुस्रेखोलामा पौडी खेल्दा डुबेर बालकको मृत्यु

कास्कीको पोखरास्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ।

ललितपुर महानगरपालिका-१८ भैंसेपाटीमा बस्दै आएका १३ वर्षीय विकाश देवकोटाको बुधबार दिउँसो मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा महानगरपालिका-१७ मा रहेको फुस्रेखोलामा पौडी खेल्न गएका देवकोटा अचानक डुबेर अशक्त भएका थिए।

उनको तत्काल उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। कालिकोट स्थायी घर भएका देवकोटा परिवारसँग ललितपुरमा बस्दै आएका थिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित: ३० आश्विन २०८२ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App