३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

आमा–छोराको शव भेटियो, छोरी अझै बेपत्ता

दुई छोराछोरीसहित भेरी नदीमा हाम फालेकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ३८ वर्षीया मायाको आइतबार र ११ वर्षीया आशाको शव मंगलबार विहान फेला परेको हो।

मायाको शव लेकबेशी नगरपालिका–३ को पटारेमा र आशाको गुर्भाकोट–१३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको हो। ‘खोजतलासका क्रममा आमा र छोरीको शव फेला परेको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहनजंग बुढथापाले भने, ‘पाँच वर्षीय छोरा दीपक कठायतको खोजी भइरहेको छ।’

प्रकाशित: ३ चैत्र २०८२ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App