विपिन जोशीको शव भोलि (सोमबार) नेपाल आइपुग्ने भएको छ । इजरायलले औपचारिक रुपमा बिदाइ गर्दै विपिनको शव नेपाल पठाउन लागेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव भोलि दिउँसो साढे दुई बजेको समयमा काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ । शव नेपाल आएपछि सरकारको तर्फबाट श्रद्धाञ्जली अपर्णको कार्यक्रम राखिएको छ ।
'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरायल गरेका विपिन सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणमा हमासको कब्जामा परेका थिए । त्यो आक्रमणमा १० नेपालीको ज्यान गुमाएका थिए । ज्यान गुमाउने १० जनाकै शव त्यतिबेला नै ल्याइएको थियो । कब्जामा रहेका विपिनको रिहाइको प्रयास भए पनि अन्यमा हमासले मृत्यु भएको जानकारी गराएको थियो ।
मृत्युको जानकारी पछि हमासले इजरायललाई विपिनको शव बुझाएको थियो । इजरायलले औपरिक रुपमा बिदाइ गर्दै शव नेपाल पठाउन लागेको हो ।
प्रकाशित: २ कार्तिक २०८२ १६:५६ आइतबार





