२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

भोटखोला सडकखण्ड एक महिनादेखि अवरुद्ध

फाइल तस्बिर

पहिरोका कारण सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्ड एक महिनादेखि अवरुद्ध छ। उत्तर–दक्षिण सडक खण्डको मकालु गाउँपालिका–३ मा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध सम्पर्क टुटेको छ।

त्यस्तैगरी पहिरोका कारण उत्तर दक्षिण कोशी सडक खण्डका केही स्थानमा अझै पहिरोले अवरोध भएका कारण जिल्ला बाहिर जाने लामो दूरीका यातायात सञ्चालनमा रोक लगाइएको छ।

माथिल्लो क्षेत्रमा लगातर ठूलो वर्षा भइरहेको र अरुण नदीका बेसिन खतराको तहपार गरेको अवस्था रहेको र अझै बढ्ने खतरा भएका कारण जिल्ला बाहिर तथा जिल्लाभित्रका ग्रामीण सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। रासस

प्रकाशित: २० आश्विन २०८२ ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App