१७ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : मृतक संख्या एक हजार १२७ पुग्यो, चार हजार ८५८ सम्पर्कविहीन

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा मृतक संख्या एक हजार १२७ पुगेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म फेला परेका शव तथा आंशिक अंगमध्ये ३१ बालक, ४५ बालिका, २२७ महिला, ३९७ पुरुष र ४२७ आंशिक अंग रहेका छन्। फेला परेका शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, पहिचान नभएका ९११ जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ। हालसम्म ९५ वटा शव हस्तान्तरण गरिएको छ भने जाँच मुचुल्काको संख्या एक हजार ११३ पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चार हजार ८५८ जना सम्पर्कविहीन छन्। घाइते तथा उद्धार गरिएका व्यक्तिको कुल संख्या छ हजार ५४१ रहेको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये ५८० जना विदेशी नागरिक समेत रहेका छन्। 

May be a doodle of text that says '력창성살강있즈 5Oτ3 104 196 गते 00:00 बजेसठ्म नेपाल प्रहरी रसुवा भोटेकोशी बादी सम्बनधी खोज तथा उद्दार अपडेट ૭,१৭શ जना परिवालित फला परेको शय દ५ जना प्रभावित पेपता विवरण શપ जमा सम्पक पिहिज 39 बालक रदेशी २,४४४ पुरુब बालका महिला ၃,၃၃ပ 9.340 फानब्राट विदेशी ၃၃၆ माहेला ၃49 पुरुष 330 मारला कुल अक्मा 8,τ4τ अन्य yC3 जम्मा 30G पुरुष घाइ्ते उद्दार कैवसाइ्ट अपलोड ? आशिक अंग မ၃ဖ #ናቅሽ जम्मा 9,926 शव हरतान्त्तरण ម, पुरुष १९२२ महिला पहि्यान पहि्यानलमस्को नमस्को ੮११ 33 नसुलेको लाश जाय मुवुल्का 6,489 जम्मा बिदेशी UCO जक्मा सरु्पा ৬ जम्मा सस्या 9,993'

प्रकाशित: १७ भाद्र २०८३ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App